Jurethum, Hetauda, Nepal jagadguruttamtemple@gmail.com
Follow us:
Our Mentor

स्वामी श्री हरिदासजी

यो जगद्गुरुतम मन्दिर सनातन वैदिक धर्मका अद्वितीय ज्ञानधारा, सम्पन्यकर्ता, यस युगके पंचम मूल जगद्गुरु श्री कृपालु जी महाराजको दिव्य धाम स्वरूप स्थापित यो अद्वितीय मन्दिर निर्माण गरी नेपाली भक्तजनका ठुलो आस्थाको केन्द्रको रुपमा स्थापित मन्दिर हो। साथै जगद्गुरुतम जगद्गुरु पद प्राप्त गराउनु भएको नेपाली प्रचारक एक मात्र नेपाली श्रीहरिदासजी ले जगद्गुरुतम मन्दिर का संरक्षक का रूपमा रहनु भएको छ।


स्वामी श्री हरिदासजी, आध्यात्मिक प्रवर्तक

यस युगका पंचम मूल जगद्गुरु श्री कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी श्रीहरिदासजी गुरु कृपाबलबाट नेपाल भरी तथा नेपाल बाहिर रहनु भएका नेपाली भक्तजन माझ प्रवचन मार्फत अध्यात्मिक चेतनाको ज्योति फैलाउनु गर्नुभएको छ। जन जनमा भक्ति भावको प्रकाश प्रवाहित पार्नु भएको छ।

Our Mentor

स्वामी श्री हरिदासजी: नेपालको आध्यात्मिक इतिहासका एक महान हस्ती

नेपालको नुवाकोटको ग्रामीण परिवेशमा जन्मनु भएका स्वामी श्री हरिदास जी एक महान आध्यात्मिक युवा दार्शनिक हुनुहुन्छ। उहाँले आध्यात्मिकता र भौतिकवादबीचको विवादलाई वेद पुराण र सनातन ग्रन्थहरुको प्रमाण दिई व्यावहारिक रूपमा समाधान गर्नु भएको छ। नेपाली भाषाका एक मात्र प्रवचनकर्ता जसले जगद्गुरु श्री कृपालुजी महाराजको भक्ति मार्गको सर्वश्रेष्ठताको बारेमा प्रचार गर्दै आउनुभएको छ। जगद्गुरु श्री कृपालुजी महाराजले स्वामीजीलाई वेद, उपनिषद्, भागवत, पुराण, भगवद गीता, रामायण, तथा पूर्वीय र पश्चिमी दर्शनको सम्पूर्ण ज्ञानको बारेमा केवल १६ दिनमै प्रशिक्षित गरी नेपाली भाषीहरु माझ आध्यात्मिक चेतना फैलाउन आदेश दिनु भएको थियो । विसं २०६५ असोज १५ (ईसं २००८ अक्टोबर १)मा जगद्गुरु श्री कृपालुजी महाराजबाट पित वस्त्र प्राप्त गरी उहाँबाट प्रशिक्षित भइसके पछि २०६६ असार १२ देखि उहाँले गुरु प्रदत्त ज्ञानको प्रचार आरम्भ गर्नु भई उहाँले नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायत, आयरल्यान्ड, र भुटानसम्म पुगेर लाखौँ मानिसलाई आध्यात्मिक ज्ञान, नैतिकता र वास्तविक आनन्द कसरी प्राप्त गर्ने आदि विषयमा ज्ञानको प्रवाह गर्नुभएको छ। उहाँका प्रवचनहरू वैज्ञानिक, सरल, रोचक र जीवन परिवर्तनकारी छन्। उहाँका व्याख्यानहरूमा वेद, उपनिषद्, भागवत, पुराण, भगवद गीता, रामायण लगायत विभिन्न धर्मशास्त्रहरू उद्धृत गरिन्छन्। उहाँको प्रवचन सुन्न अमेरिका, बेलायत, भारत, नेपाललगायतका देशहरूमा मानिसहरू आतुर हुन्छन्। स्वामीजीले नेपालमा विभिन्न आध्यात्मिक एवं सामाजिक संस्थाहरू स्थापना गर्नुभएको छ जस्तै: श्री राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र, दिव्य युवा क्लब नेपाल (डिभाईन यूथ क्लब नेपाल) नेपाल विद्वत समाज आदि यी संस्थाहरु आध्यात्मिक चेतना अभिवृद्धि गर्न तथा परोपकारी कार्यहरू सञ्चालन गर्न समर्पित छन्। आदरणीय स्वामी जी ले दिनु भएका विभिन्न प्रवचनहरु प्रत्येक दिन बिहान ५:२५ मा रेडियो नेपालबाट प्रसारण हुने गर्दछ, यसबाट जो कोहीले पनि लाभ लिन सक्नु हुन्छ ।

------------------
Our Mentors

हाम्रो आध्यात्मिक मार्गदर्शकहरू


जगद्गुरुश्री कृपालुजी महाराज

जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।

Learn More
Swami Shree Haridas Ji

स्वामी श्री हरिदासजी

Learn More
Respected Sangita Didi

आदरणीय संगिता दिदि

Learn More