सिमरा र भरतपुरमा सेवा र अध्यात्मको संगम! 💖 | निःशुल्क स्वास्थ्य शिविरको झलक 🚑#health #camp #dycn
६८ औं जगद्गुरुत्तम दिवस महोत्सव | साधना शिविर | Kripalu Scholarship |न्यानोवस्त्रवितरण
राष्ट्रपतिज्यूबाट "कृपालु उद्यान” को समुद्घाटन | Opening of Kripalu Udhyan | गतिविधि- Apr 22, 2023
जाजरकोट भुकम्प | Jajarkot earthquake | 🔴 भूकम्प पिडितलाई राहत सामग्री वितरण - RMS Gatibidhi
भक्ति मन्दिरमा : श्री घनश्यामदासजी महाराजको मार्गदर्शनमा साधना शिविर | Devotional Meditation Camp
तिन दिवसीय साधना शिविर (जगद्गुरूत्तम मन्दिर हेटौडा ) | SHREE RAMNAVAMI | श्रीरामनवमी महोत्सव |
जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।
श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, नि:शुल्क शैक्षिक संस्था, नि:शुल्क स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिबृध्दि गर्ने मार्ग प्रशस्त गर्छ।
नेपालको नुवाकोटको ग्रामीण परिवेशमा जन्मनु भएका स्वामी श्री हरिदास जी एक महान आध्यात्मिक युवा दार्शनिक हुनुहुन्छ। उहाँले आध्यात्मिकता र भौतिकवादबीचको विवादलाई वेद पुराण र सनातन ग्रन्थहरुको प्रमाण दिई व्यावहारिक रूपमा समाधान गर्नु भएको छ। नेपाली भाषाका एक मात्र प्रवचनकर्ता जसले जगद्गुरु श्री कृपालुजी महाराजको भक्ति मार्गको सर्वश्रेष्ठताको बारेमा प्रचार गर्दै आउनुभएको छ। जगद्गुरु श्री कृपालुजी महाराजले स्वामीजीलाई वेद, उपनिषद्, भागवत, पुराण, भगवद गीता, रामायण, तथा पूर्वीय र पश्चिमी दर्शनको सम्पूर्ण ज्ञानको बारेमा केवल १६ दिनमै प्रशिक्षित गरी नेपाली भाषीहरु माझ आध्यात्मिक चेतना फैलाउन आदेश दिनु भएको थियो । विसं २०६५ असोज १५ (ईसं २००८ अक्टोबर १)मा जगद्गुरु श्री कृपालुजी महाराजबाट पित वस्त्र प्राप्त गरी उहाँबाट प्रशिक्षित भइसके पछि २०६६ असार १२ देखि उहाँले गुरु प्रदत्त ज्ञानको प्रचार आरम्भ गर्नु भई उहाँले नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायत, आयरल्यान्ड, र भुटानसम्म पुगेर लाखौँ मानिसलाई आध्यात्मिक ज्ञान, नैतिकता र वास्तविक आनन्द कसरी प्राप्त गर्ने आदि विषयमा ज्ञानको प्रवाह गर्नुभएको छ। उहाँका प्रवचनहरू वैज्ञानिक, सरल, रोचक र जीवन परिवर्तनकारी छन्। उहाँका व्याख्यानहरूमा वेद, उपनिषद्, भागवत, पुराण, भगवद गीता, रामायण लगायत विभिन्न धर्मशास्त्रहरू उद्धृत गरिन्छन्। उहाँको प्रवचन सुन्न अमेरिका, बेलायत, भारत, नेपाललगायतका देशहरूमा मानिसहरू आतुर हुन्छन्। स्वामीजीले नेपालमा विभिन्न आध्यात्मिक एवं सामाजिक संस्थाहरू स्थापना गर्नुभएको छ जस्तै: श्री राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र, दिव्य युवा क्लब नेपाल (डिभाईन यूथ क्लब नेपाल) नेपाल विद्वत समाज आदि यी संस्थाहरु आध्यात्मिक चेतना अभिवृद्धि गर्न तथा परोपकारी कार्यहरू सञ्चालन गर्न समर्पित छन्। आदरणीय स्वामी जी ले दिनु भएका विभिन्न प्रवचनहरु प्रत्येक दिन बिहान ५:२५मा रेडियो नेपालबाट प्रसारण हुने गर्दछ, यसबाट जो कोहीले पनि लाभ लिन सक्नु हुन्छ ।
२०६६ कार्तिक ७ गते जगद्गुरु श्री द्वारा पीत वस्त्र प्राप्त गरी श्री जगद्गुरु कृपालुजी महाराजको दिव्य कृपाले विभूषित हुनु भएको थियो, आदरणीय संगीता दिदी दिव्य गुरुदेवका शिक्षाहरूको निष्ठापूर्वक अनुसरण गर्ने एक साधिका हुनुहुन्छ। उहाँ कलियुगका जीवहरूलाई परम आनन्द प्राप्त गर्ने मार्ग देखाउने गुरु प्रणित रसमय संकिर्तनकी कुशल साधिका हुनुहुन्छ, जसले भगवान् को स्तुति गाएर भक्तिलाई जीवन्त तुल्याउनुहुन्छ। संगीता दिदीले जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित पौराणिक तथा दिव्य काव्य र भजनहरू अत्यन्त सुमधुर एवं मोहक स्वरमा प्रस्तुत गर्नुहुन्छ, जसले प्रत्येक श्रोताको हृदयमा गहिरो रूपमा स्पर्श गर्छ र उनीहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गर्छ। उहाँको दिव्य स्वर र गीतका शब्दहरूले श्रोताहरूको हृदयमा आध्यात्मिक आनन्दको तरंग उत्पन्न गराउँदै उनीहरूलाई वर्तमान भौतिकवादी संसारबाट टाढा, भगवान् को दिव्य धामतर्फ उन्मुख गराउँछ। श्री जगद्गुरु कृपालुजी महाराजको कृपाले सुसम्पन्न, आदरणीय संगीता दिदी राधा माधव समिति, नेपाल की अध्यक्ष हुनुहुन्छ, जसको गतिविधि र ख्याति नेपालका सीमाभन्दा पर विश्वभर दर्जनौ स्थानहरूमा फैलिएको छ।