जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।
श्री कृपालुजी महाराजले मानव कल्याण, आध्यात्मिक जागरण, र सद्भावना बढाउने उद्देश्यले धेरै मन्दिर, नि:शुल्क शैक्षिक संस्था, नि:शुल्क स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र सेवा प्रकल्पहरू स्थापना गर्नुभयो। उहाँको जीवन र शिक्षा सबैलाई प्रेम, भक्ति, र आध्यात्मिक चेतना अभिबृध्दि गर्ने मार्ग प्रशस्त गर्छ।
ईसं १९५५ मा उहाँले चित्रकुटमा एक विशाल दार्शनिक सम्मेलन को आयोजना गर्नु भएको थियो जसमा काशी आदि स्थानहरुबाट अनेक विद्वान एवं समस्त जगद्गुरुहरु पनि सम्मिलित भएका थिए । ईसं १९५६ मा यस्तै प्रकारको एक विराट संत सम्मेलन उहाँले कानपुरमा आयोजना गर्नु भएको थियो । उहाँको समस्त वेद शास्त्रको अद्वितीय, असाधारण ज्ञान बाट त्याहाँ उपस्थित काशिका मूर्धन्य विद्वान अचम्भित हुनपुगे । त्यस समयमा उहाँको बारेमा काशीका प्रख्यात पंडित, शास्त्रार्थ माहाविद्यालय (काशी) का संस्थापक, शास्त्रार्थ माहारथी, भारतका सर्वमान्य एवं अग्रगण्य दार्शनिक , काशी विद्वतपरिषत् का प्रधानमन्त्री आचार्य श्री राजनारायण जी शुक्ल ‘षटशास्त्री’ ले सार्वजनिक रुपले जे घोषणा गर्नु भएको थियो त्यसको अंश यस प्रकार छ: (कानपुर १९-१०-१९५६)
“काशीका पंडित सजिलैसंग कसैलाई समस्त शास्त्रको विद्वान स्विकार गर्दैनन्। हामी त पहिले शास्त्रार्थ गर्नका लागि ललकार्छौं (चुनौति दिन्छौं) । हामी उसलाई हरेक प्रकारको कसौटीमा परिक्षण गर्छौं र तब मात्र उसलाई शास्त्रज्ञ स्वीकार गर्छौं । हामी आज यस मञ्चमा यस विशाल विद्वतमण्डललाई यो बताउन चाहन्छौं कि हामीले संताग्रगण्य श्री कृपालु जी महाराज एवं उहाँको भगवद्दत्त प्रतिभा लाई चिन्यौं र हामी हजुरहरुलाई यो सल्लाह दिन चाहन्छौं कि हजुरहरुले पनि उहाँलाई चिन्नुहोस र उहाँबाट लाभ लिनुहोस्।
------------------
हजुरहरुको लागि यो परम सौभाग्यको कुरो छ कि यस्तो दिव्य वाङ्ममयलाई प्रकट गर्न सक्ने एक संत हजुरहरुका बिचमा आउनु भएको छ। काशी समस्त विश्वको गुरुकुल हो । हामी त्यही काशी का निवासी याहाँ बसेका छौं । हिजो श्री कृपालुजी को अलौकिक वक्तव्य सुनेर हामी सबै नतमस्तक भएका छौं। हामी चाहन्छौं कि सबैले श्री कृपालु जी महाराजलाई बुझुन र उनको सम्पर्कमा आएर उनको सरल, सरस, अनुभूत एवं विलक्षण उपदेशहरु सुनुन तथा आफ्नो जीवन मा तिनलाई क्रियात्मक रुपमा उतारेर आफ्नो कल्याण गरुन्।“
त्यस पछि उहाँलाई काशी विद्वत परिषत् ( भारतको लगभग ५०० शीर्षस्थ शास्त्रज्ञ, वेदज्ञ विद्वानहरुको तात्कालीन सभा ) ले काशी आउनका लागि निमन्त्रणा गर्यो । केवल ३४ वर्षीय श्री महाराज जी लाई वयोबृध्द विद्वानहरु का मध्य मा देखेर केही भावुक भक्त ले भन्न लागे – उदित उदय गिरी मंच पर रघुवर बाल पतंग ।
स्मरण रहोस कि जगद्गुरु श्री कृपालु जी महाराज विश्वका पञ्चम मूल जगद्गुरु हुनु भयो। उहाँ भन्दा पूर्व केवल चार महापुरुषहरु लाई मात्र जगद्गुरुको उपाधी प्रदान गरिएको छ । जगद्गुरु श्री शंकराचार्य, जगद्गुरु श्री रामानुजाचार्य, जगद्गुरु श्री निम्बार्काचार्य एवं जगद्गुरु श्री माधवाचार्य । यी सबैका सिध्दान्तहरु लाई समन्वय गर्न सक्ने जगद्गुरु श्री कृपालु जी महाराज का वेदहरु, शास्त्रहरु, पुराणहरु तथा अन्यान्य धर्मग्रन्थहरु को असीम अलौकिक अद्वितीय ज्ञान द्वारा परिपूर्ण संस्कृत मा दिईएको प्रवचन सुनेर काशीविद्वतपरिषत् का सबै विद्वान अचम्भित भए ।
जगद्गुरु पद पाएपछि, श्री कृपालु जी महाराज ले भारतभर यात्रा गरी हजारौं मानिसहरूलाई प्रवचन दिनुभयो । उहाँले १००८ भक्ति पदहरुको संग्रह 'प्रेम रस मदिरा' त्यस्तै १११११ पदहरुको संग्रह “राधा गोविन्द गीत” , त्यस्तै भक्ति शतक, ब्रज रस माधुरी, श्यामा श्याम गीत, युगल शतक, युगल माधुरी, श्रीकृष्ण द्वादसी, श्री राधा त्रयोदशी जस्ता अमूल्य ग्रन्थहरुको सहित हजारौं भजन र कीर्तनहरूको रचना गर्नु भएको छ। उहाँ को 'प्रेम रस सिद्धान्त' पुस्तकले जीवके हो, आत्मा के हो र दैवीय कृपाको महत्वबारे चर्चा गर्छ। उहाँले ५० भन्दा बढी प्रचारकहरूलाई प्रशिक्षण दिनु भयो, जसले आज पनि विश्वभर उनका शिक्षाहरू फैलाइरहेका छन्। उहाँका एक मात्र नेपाली प्रचारक स्वामी हरिदासजी ले नेपाली भाषामा नेपालका कुना कुनामा जगद्गुरुको सन्देश प्रवाहित गर्नु भएको छ साथै विश्वभरी छरिएर रहेका नेपाली भाषीहरु भारत, भूटान, संयुक्त राज्य अमेरिका, बेलायत आदि मुलुकहरुमा समेत जगद्गुरु श्री को सिध्दान्त जन जनमा पुर्याउँदै आउनु भएको छ। जगद्गुरुश्रीको नेपालमा औपचारिक भ्रमण २०६२ साल असोज ६ गते (ईस २००५ सेप्टेम्बर २२) मा भएको थियो र उहाँले हजारौं नेपालीजनहरुलाई आफ्नो दिव्य प्रवचन मार्फत अध्यात्म मार्ग तर्फ उन्मुख गर्नु भएको थियो ।
जगद्गुरुत्तम श्री कृपालुजी महाराज युगका पञ्चम जगद्गुरु हुन्। उहाँले सन् १९५७ मा काशी विद्वत परिषद्द्वारा "जगद्गुरुत्तम" उपाधि प्राप्त गर्नुभयो। उहाँको जीवन र शिक्षा वैदिक सनातन धर्मका मूल तत्वहरूमा आधारित छ। उहाँले प्रेम रस सिद्धान्त मार्फत भक्ति र आध्यात्मिक ज्ञानको प्रचार गर्नुभयो। उहाँको शिक्षा र दर्शनले विश्वभरका भक्तहरूलाई प्रेरणा दिइरहेको छ।
Learn More